सतुङ्गलमा शनिबारबाट तीन दिने तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदै

थानकोट ।
नेपाल सितोरियो कराते डो संघ सतुङ्गलको आयोजनामा भोलि (शनिबार) बाट तीन दिने राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।
चैत्र ३ गतेसम्म जारी रहने गणेशमान सिंह स्मृति फाउण्डेशन च्याम्पियन अफ च्याम्पियन तेस्रो राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो सत्र उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको नेपाल सितोरियो कराते डो संघ सतुङ्गल डोजोले जनाएको छ ।
बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता स्थानीय ह्वाइट दरबार पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।