काठमाडाैं जिसस कप फुटबल प्रतियोगितामा चन्द्रागिरि नगरसहित ६ टोलीको सहभागिता रहने

थानकोट ।
चैत्र २ गतेबाट सुरु हुने काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन् ।
जिल्ला समन्वय समिति काठमाडाैंका अनुसार प्रतियोगितामा चन्द्रागिरि नगरपालिका, दक्षिणकाली नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र कीर्तिपुर नगरपालिकाले सहभागिता जनाउने छन् ।
सहभागी टोलीहरूलाई दुई समुहमा विभाजन गरिएको छ ।
जसअनुसार समुह ए मा दक्षिणकाली, नागार्जुन, कीर्तिपुर नगर रहेका छन भने समुह बी मा चन्द्रागिरि, बुढानीलकण्ठ र तारकेश्वर रहेका छन् ।
बुधबार सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा चैत्र २ गते दिउँसो १ बजे नागार्जुन र दक्षिणकाली भिड्नेछन् । सोही दिनको ३ बजे तारकेश्वरले बुढानीलकण्ठको सामना गर्नेछ । चन्द्रागिरि नगरले भने चैत्र ४ गते बिहान १० बजे बुढानीलकण्ठ नगरको सामना गर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि चन्द्रागिरि नगरपालिकाले १८ सदस्यीय खेल टोली चयन गरिसकेको छ ।
चन्द्रागिरि नगरबाट काठमाडाैं जिसस कप खेल्ने खेलाडीको टुंगो लाग्यो (नामावलीसहित)