महिला टी-२० आई सिरिज: आज नेपाल र नामिबिया बीच खेल हुँदै

थानकोट ।
युगान्डामा चलिरहेको वुमन्स डे टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे शुरू हुनेछ ।
शृङ्खलामा आज नेपालको चौथो खेल हो ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले हराएको नेपाल आफ्नो तेस्रो खेलमा हङकङसँग पराजित भयो ।
नेपालले भोलि घरेलु टोली युगान्डा र पर्सि हङकङसँग खेल्नेछ ।
नेपाल, युगान्डा, नामिबिया र हङकङ सम्मिलित प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् ।
फाइनल खेल चैत ३ गते हुनेछ ।
प्रतियोगितामा सबै टोलीले समान ३-३ खेल खेलेका छन् । अंक तालिकामा समान ४-४ अंक भएपनि नेट रनरेटका आधारमा घरेलु टोली युगान्डा पहिलो, हङकङ दोश्रो स्थानमा रहँदा नेपाल र नामिबिया समान २-२ अंकका साथ तेस्रो र चाैथो स्थानमा छन् ।