काठमाडाैंका केही क्षेत्रमा आज दिउँसो २ बजेपछि वर्षाको सम्भावना

थानकोट ।
काठमाडौंमा आज बिहीबार वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् विनु महर्जनका अनुसार आज काठमाडौंमा वर्षा हुनेछ ।
“आज दिनभर काठमाडौंमा आंशिकदेखि साधारणतया बदली हुनेछ,” उनले भनिन्, “अपराह्नपछि काठमाडौंका केही स्थानमा हल्का वर्षा हुनेछ ।”
दिउँसो २ बजेपछि खण्डवृष्टिको सम्भावना रहेको हो । हिजो पनि काठमाडौंमा केही स्थानमा छिटपुट वर्षा भएको थियो ।
बाह्रखरीबाट