साफ यू-१९ च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल र भारत समुह चरणमै भिड्ने

थानकोट ।
साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको ड्र अनुसार समूह बी मा श्रीलंका, नेपाल र भारत परेका छन्।
सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका हुन् ।
प्रतियोगिता भारतको अरुणान्नचल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुँदैछ ।