गुर्जुधारादेखि कलंकीसम्म फ्लाईओभर बनाउन चन्द्रागिरिका जनप्रतिनिधिको माग

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत कलंकी-थानकोट सडक खण्डको दुरसञ्चार-कलंकी क्षेत्रमा फ्लाई ओभर निर्माणका लागि चन्द्रागिरि नगरका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

मंगलबार शहरी विकास मन्त्री प्रकाशमान सिंहसँगको भेटमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी तथा उपमेयर बसन्ती श्रेष्ठले सो माग गरेका हुन् । हाल दुरसञ्चार क्षेत्रमा नागढुङ्गा सुरुङ मार्गसम्म पुग्ने पहुँच मार्गमा फ्लाई ओभर निर्माण जारी रहँदा सो फ्लाई ओभरलाई कलंकीसम्म तन्काउन मेयर गिरीले अनुरोध गरेका हुन् ।

मेयर गिरीको प्रस्तावमा मन्त्री मन्त्री प्रकाशमान सिंह सकरात्मक देखिएको र आगामी बजेट वक्तव्यमा सो विषयले प्रवेश पाउने आश्वासन दिएको बताइएको छ ।

मन्त्री सिंहले मंगलबार काठमाडाैंका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग आगामी आर्थिक वर्षका लागि स्थानीय तहबाट पेश हुने महत्वपूर्ण योजनाका बारेमा सामुहिक छलफल गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *