दाउराडिपोमा यात्रु बस र स्कुटर ठोकिए

थानकोट ।
थानकोट-कलंकी सडक खण्ड अन्तर्गत दाउराडिपो सडकमा मंगलबार दिउँसो सडक दुर्घटना भएको छ ।
धनगढीबाट काठमाडाैंतर्फ आइरहेको गरेको यात्रु बस र स्कुटर ठोकिएका हुन् ।
सु.प्र.प ०१ ००१ ख ३३५३ नम्बरको यात्रु बससँग बागमती प्रदेश ०२ ०३८ प ८५१५ नम्बरको स्कुटर दिउँसो करिब १ः४० बजे ठोकिदा सो दुर्घटना भएको हो ।
सो क्रममा स्कुटरमा सवार महिला तथा पुरुष घाइते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार स्कुटरमा सवार महिला सख्त घाइते भएकी छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ ।
दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।