वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

Thankot Times

थानकोट ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक समेत रहेका शर्मा सो अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् ।

न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।

गौतम र कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका हुन् । उनी नेकपा एमाले निकट हुन् । वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

डा. शर्माले यसअघि मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा अयोग जस्ता निकायमा समेत जिम्मेवारी बहन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *