माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

थानकोट ।
आज सोमबार बस्ने तय भएको प्रतिनिधि सभा बैठकमा संसद्को प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपश्चात एमालेका मुख्य सचेतक महेश बर्तौलाले मंगलबारको बैठकमा प्रचण्डले बोल्ने गरी कार्यसूची तय भएको बताए।
‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले संसद्मा बोल्नका लागि मंगलबार समय माग्नुभएको छ। उहाँले बोल्ने गरी समय निर्धारण भएको छ,’ उनले भने।