पीएम कपमा आज दुई खेल हुँदै

Thankot Times

थानकोट ।

जारी प्रधानमन्त्री कप क्रिकेट (पीएम कप)मा आज दुई खेल हुँदै छन् ।

आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ ।

सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ ।

कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशको भने यो पहिलो खेल हो ।

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदै छ ।

देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ ।

अहिलेसम्म कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *