थानकोट-चित्लाङ सडकको तालुकदार कार्यालय फेरियो
थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) लाई अब डिभिजन सडक काठमाडौंले हेर्ने भएको छ । सरकारले चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग) को नियमन र व्यवस्थापन गर्न खडा गरेको चित्लाङ–थानकोट सडक आयोजना कार्यालय खारेज गरेपछि सो सडक सरकारी तवरबाट कसले हेर्छ भन्ने सर्वत्र चासो भइरहेको बेला यस्तो निर्णय बाहिरिएको हो । डिभिजनको कार्यालय बानेश्वरमा रहेको छ ।