महिला टी-२० आई सिरिज: आज नेपाल र हङकङ बीच खेल हुँदै

Thankot Times

थानकोट ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय महिला टी-२० सिरिज अन्तर्गत नेपालले आज सोमबार  हङकङको सामना गर्दै छ ।

नेपाली समय अनुसार यो खेल अपरान्ह ४:४५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *