नसर्ने रोग पहिचानका लागि चन्द्रागिरिमा सञ्चालित स्क्रीनिङ अभियानमा २४ सय जनाको सहभागिता

Thankot Times

थानकोट ।

नसर्ने रोगबाट पिडित हुने नगरबासीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि ती रोगको रोकथाम एवं न्यूनिकरण गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिकाले बिहीबार सञ्चालन गरेको स्क्रीनिङ अभियानमा २ हजार ४ सय ३३ जनाले स्वास्थ्य जाँच गराएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका-२०८१ मा उल्लेख भए बमोजिम चन्द्रागिरि नगरका सबै १८ वटै स्वास्थ्य संस्थाहरू बिहीबार सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

 

अभियानमा उत्साहजनक उपस्थिति देखिएपछि केही वडामा शुक्रबार समेत सो कार्यक्रम जारी रहने चन्द्रागिरि नगरपालिकाले जनाएको छ। 

कार्यक्रमले चन्द्रागिरि नगरमा नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिए नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ ।

३० वर्ष उमेर पूरा गरेका महिला तथा पुरुषहरू नगरका स्वास्थ्य संस्थामा बिहीबार बिहानैदेखी आफ्नो स्वास्थ्य जाँच गराउन लामबद्ध भएको देख्न सकिन्थ्यो । 

प्राप्त विवरणअनुसार चन्द्रागिरि नगरपालिका वडा नं. १ का २ वटा स्वास्थ्य केन्द्रमा गरी १९० जनाले स्वास्थ्य जाँच गराएका छन् । यसैगरी वडा नंं २ का २ वटै स्वास्थ्य केन्द्रमा गरी २०० जनाले स्वास्थ्य जाँच गराएको चन्द्रागिरि नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ । यस्तै वडा नं. ३ मा १२९ जना, वडा नं. ४ मा २०० जना, वडा नंं ५ मा  १९३ जना, वडा नं. ६ मा १३५ जना, वडा नं. ७ मा ११२ जना, वडा नंं ८ मा १५० जना, वडा नं. ९ मा १८९ जना, वडा नं. १० का २ वटा स्वास्थ्य केन्द्रमा गरी कुल २०४ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

यस्तै वडा नं. ११ मा १०३ जना, वडा नं. १२ मा १३८ जना, वडा नं. १३ मा १२२ जना, वडा नं. १४ मा १४८ जना र वडा नं. १५ मा २०० जनाले स्वास्थ्य जाँच गराएको बताइएको छ । सो क्रममा लाभग्राहीहरूको मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लड प्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच, शरिरको उचाइ र तौल अनुपात (बीएमआई) मापन परीक्षण गरिएको थियो । 

अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएका व्यक्तिलाई परामर्श समेत दिइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *