सुनको मूल्य उकालो लाग्ने क्रम जारी

थानकोट ।
आज बिहीबार नेपाली बाजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मोल बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।
आज बिहीबार चाँदीको भाउ पनि अघिल्लो दिन (बुधबार) को तुलनामा बढेको छ ।
बुधबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन (बिहीबार) प्रतितोला १ हजार ९ सय ८५ कायम गरिएको छ ।