नेपाली बजारमा सुनको भाउ बढ्यो

थानकोट ।
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ४ सय रुपैयाँ कायम छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।
यसदिन चाँदी प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
चाँदीको भाउ हिजो मंगलबार प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।