आयल निगमले भन्यो- ‘ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ’

थानकोट ।
नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ ।
मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो ।
यस्तै निगमले ग्यासको मुल्य यथावत रहने बताएको छ ।
आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो ।
तर निगमले भने ग्यासको मुल्य यथावत रहने स्पष्ट गरेको छ ।