आज बजारमा सुनको भाउ कति छ ?

थानकोट ।
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
हिजो सोमबार प्रतितोला १ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।