थापाथलीमा खानेपानीकाे पाइप फुटेपछि सडकमा बाढी, कैयन संरचना डुबानमा

थानकोट ।
काठमाडौंको थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।
थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो ।
पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।
यसअघि केही दिनअगाडि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी नै आएको थियो ।