स्थानीयले अवरोध गरेपछि नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ठप्प

थानकोट ।
चन्द्रागिरि र धुनिवेशी नगरपालिकामा निर्माण भइरहेको राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङ मार्गको निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
धादिङको धुनिवेशी नगरपालिका-९ का स्थानीयले सोमबार सुरुङ मार्ग निर्माणमा अवरोध गरेका हुन् ।
सुरुङ मार्ग आयोजनाको कारण स्थानीयबासीको एक घर चर्किएको र सो को क्षतिपूर्ति दिइनुपर्ने भन्दै स्थानीयले सोमबार सुरुङ मार्गको पश्चिम क्षेत्रमा अवरोध गर्दा सुरुङ मार्ग निर्माण रोकिएको हो ।
आयोजनाले स्थानीयसँग वार्ताको प्रयास गरेपनि सो सफल हुन नसकेको बताइएको छ ।