नागढुङ्गा नाकाबाट समातिए २५ वर्षीय कलाम

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगा नाकाबाट अवैध लागु औषध खैरो हेराइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-००१ ख ४५५९ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्दा एक जना युवा खैरो हेराइनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिरहाको सखुवा नानकार कट्टी गाउँपालिका–५ का २५ को मोहमद कलाम छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोहमद कलामले लगाएको ज्याकेटको खल्तीमा कालो प्लाष्टिकले बेरेर लुकाएको अवस्थामा ३० ग्राम खैरो हेराइन बरामद भएको हो।

उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *