चन्द्रागिरि नगरमा राष्ट्रिय परिचय वितरण सुरु, सम्बन्धित वडाबाटै प्राप्त गर्न सकिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचय वितरण सुरु गरिएको छ ।

सोमबार चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापबाट राष्ट्रिय परिचय वितरण सुरु गरिएको हो ।

यो क्रम सबै वडाहरूमा सुरु हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीले फोटो खिचाउँदा प्राप्त गरेको आवेदन रुजु फाराम (कन्फरमेसन पृष्ठ) अथवा मोबाइलमा आएको एस.एम.एस. का साथै आफ्नो परिचय खुल्ने कागजात साथमा प्रस्तुत गर्नुपर्ने बताइएको छ ।

ज्येष्ठ नागरिकको हकमा माथि उल्लिखित कागजातका साथै निजको संरक्षक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *