च्याम्पियन्स ट्रफीको सेमीफाइनलमा अस्ट्रेलिया र भारत तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

थानकोट ।
आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार भएको समूह ए को अन्तिम खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
सेमिफाइनलमा भारतको भेट अस्ट्रेलियासँग हुनेछ भने न्युजिल्याण्डले दक्षिण अफ्रिकासँग खेल्ने छ ।
भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्ने छन् ।
त्यस्तै न्युजिल्याण्ड समूह ए को उपविजेता र दक्षिण अफ्रिका समूह बी को विजेताका रूपमा सेमिफाइनल खेल्ने पक्का भएको छ ।
पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाको बीचमा मंगलबार दुबईमा हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको बीचमा पाकिस्तानको लाहोरमा हुनेछ ।