काठमाडाैं जिसस कप फुटबल प्रतियोगिताको मिति परिवर्तन, चैत्र २ गतेबाट सुरु हुने

थानकोट ।
काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिता सञ्चालनको मिति परिवर्तन भएको छ ।
यसअघि फागुन २० गतेदेखि प्रतियोगिता सुरु हुने भनिएकोमा सो प्रतियोगिता चैत्र २ गतेदेखि सुरु काठमाडाैं जिल्ला समन्वय समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि चन्द्रागिरि नगरपालिकाले १८ सदस्यीय खेल टोली चयन गरिसकेको छ ।
चन्द्रागिरि नगरबाट काठमाडाैं जिसस कप खेल्ने खेलाडीको टुंगो लाग्यो (नामावलीसहित)