मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजान रोजा सुरु

थानकोट ।
इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान रोजा आइतबारदेखि सुरु भएकाे छ ।
साउदी अरब, कतारलगायतका देशमा शनिबारदेखि नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेशलगायतका देशमा आइतबारदेखि रोजा सुरु भएकाे हाे ।
मुस्लिम समुदायले शनिबार साँझ आकाशमा चन्द्रमा हेरेपछि आइतबारदेखि रोजा बस्नेछन् । रमजानमा पढ्ने तराबीको नमाज शनिबार रातिदेखि नै सुरु भएको छ । रोज (व्रत) हरेक मुस्लिम समुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य मानिन्छ ।
इस्लाम धर्मका पाँचवटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा देखिएपछि रमजान सुरु हुन्छ । इस्लामिक महिना रमजानको ३० दिनसम्म मुस्लिम समुदायले रोजा बस्ने गर्छन् ।
रोजा पर्वमा मुस्लिम समुदायका सम्पूर्ण महिला तथा पुरुषले अनिवार्य रूपमा दिनभर केही नखाई निराहार रूपमा व्रत बस्नुपर्ने हुन्छ । रोजा(व्रत)मा बस्नेहरूले सूर्य उदाउनुभन्दा अगाडि र सूर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् । एक महिनासम्म रोजा बसेपछि मात्र मुस्लिम समुदायले इदुलफित्र अर्थात् इर्द पर्व मनाउने गर्छन् ।