कुरा नमिलेपछि थानकोट बस्ने प्रेमीले अश्लील फोटो र भिडियो बाहिर ल्याउने धम्की​ दिएपछि…..

Thankot Times

थानकोट ।

कलंकीकी १९ वर्षीया काजल (नाम परिवर्तन) र गोरखा घर भएर थानकोट बस्दै आएका २१ वर्षीय राजन (नाम परिवर्तन)  ११ कक्षामा पढ्दै गर्दा प्रेम सम्बन्धमा गाँसिए ।

२ वर्ष अघिसम्म उनीहरूको सम्बन्ध राम्रै थियो ।

मोबाइलमा अश्लील अंग देखाएर कुराकानी गर्थे ।

त्यहीबीचमा राजनले काजलमाथि शंकाको दृष्टिले हेर्न थाले । सामान्य विवादमा झगडा हुन थाल्यो । राजनले काजलमाथि कुटपिट समेत गरे । काजलले साथीभाइसँग फोनमा कुरा गर्दा पनि शंका गर्थे ।

आफ्नो फोन रिसिभ नगर्ने र भेट्न बोलाउँदा नजाने गरेपछि राजनले बाहिर नल्याउने सहमतिमै खिचिएका अश्लील फोटो र भिडियो बाहिर ल्याउने धम्की दिन शुरू गरे ।

राजनले पटक-पटक धम्क्याउन थालेपछि काजल प्रहरी गुहार्न बाध्य भइन् । उनले नेपाल प्रहरीको साइबार ब्यूरोमा राजनविरुद्ध उजुरी दिइन् ।

काजलको अश्लील फोटो र भिडियो रिसको आवेगमा आएर उसको मोबाइलमा पठाएको राजनको बयान छ । ‘धम्कीपूर्ण म्यासेज मैले काजललाई पठाएको हो, आफन्तलाई समेत पठाएर भाइरल बनाइदिन्छु भनेको पनि हो,’ राजनले बयानमा भने, ‘कानूनबमोजिम सजाय भोग्न तयार छु ।’

राजनविरुद्ध लगाइएको अभियोग र प्रमाणका आधारमा १ लाख रुपैयाँ वा ५ वर्ष कैद सजायको मागदाबी लिइएको छ । ब्यूरोले राजनबाट बरामद गरेको मोबाइल र ल्यापटप प्रहरीकै डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । रिपोर्ट आउन बाँकी छ ।

लोकान्तरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *