एभरेष्ट खुल्ला अन्तरार्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शोणितपुर डोजाङलाई १४ स्वर्ण

Thankot Times

थानकोट ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको कबर्ड हलमा सम्पन्न पाँचौं एभरेष्ट खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरिको शोणितपुर डोजाङले १४ स्वर्णसहित १८ पदक हात पारेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा शोणितपुर डोजाङले १४ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेको हो ।

आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा नेपाल, चीन, भारत, मलेसियासहितका देशका २५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

शोणितपुर तेक्वान्दो डोजाङका खेलाडी सुजल कार्की र सेलि गुरुङले उत्कृष्ट पुरुष र उत्कृष्ट महिलाको ट्रफी जित्न सफल भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *