प्रथम महिला न्यायाधीश श्रेष्ठको निधन

थानकोट ।
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान श्रेष्ठको मृत्यु भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिए ।
‘उहाँ लामो समयदेखि बिरामी भएर उपचारका क्रममा अस्पतालमा हुनुहुन्थ्यो,’ पाण्डेले भने । श्रेष्ठको शुक्रवार अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
२०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेर उनी न्याय सेवामा प्रवेश गरेकी थिइन् ।