शुक्रबार बिहान भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकमा अहिले अवस्था के छ ?

Thankot Times

थानकोट ।

शुक्रबार बिहान २ः५२ बजे गएको भूकम्पको केन्द्रबिन्दु बनेको जिल्ला सिन्धुपाल्चोकमा सो भूकम्पबाट भएको क्षति विवरण सङ्कलन कार्य जारी रहेको छ ।

हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् ।  सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले जानकारी दिए ।  भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए ।

विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली  आवश्यकता अनुसार फिल्डमा खटिएको उनले जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *