काट्न लागेको राँगोले टेकु सडकमा उपद्रो मच्चाएपछि धेरैले चन्द्रागिरि नगरको घटना सम्झिए

Thankot Times

थानकोट ।

बध गर्न ठिक्क पारिएको राँगो फुत्केर सडकमा आएपछि बिहीबार बिहान काठमाडौंको टेकु क्षेत्रमा आतंक मच्चिएको छ । बिहान साढे ६ बजेको समयमा राँगो मन्द्राउँदै टेकु दोभान क्षेत्रको सडकमा आएको थियो । विष्णुमती नदीको छेउछाउ रहेको बधशालाबाट फुत्केर राँगो सडकमा आएको थियो ।​

मन्द्राउँदै आएको राँगोले टेकुमा रहेको फोहोर मैला संकलन केन्द्र नजिक २ वटा मोटरसाइकललाई लडाएको थियो । त्यसक्रममा मोटरसाइकलमा सवार २ जना सामान्य घाइते भएका छन् । बिहान ‘मर्निङवाक’मा हिँडेका मान्छेले राँगो मन्द्राएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अनियन्त्रित राँगोलाई वन कार्यालयका प्राविधिकको सहयोगमा डार्ट हानेर नियन्त्रणमा लिइएको थियो ।

वन प्राविधिकसहितको टोलीले राँगोलाई नियन्त्रणमा लिएर काठमाडौं महानगर प्रहरीको जिम्मा लगाइएको काठमाडौं प्रहरी प्रमुख, एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

अहिलेसम्म कसैले पनि दाबी गर्न नआएपछि राँगोलाई पशुको स्याहार गर्ने स्नहाज केयरलाई जिम्मा लगाइएको छ । मार हान्ने क्रममा राँगो फुत्केर सडकमा आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

काठमाडौंमा संचालित बधशालामा राँगाभैंसीलाई यातना दिएर मारहान्ने गरिएको छ । त्यसरी मार हान्न लागिएका राँगाभैंसी बेलाबखत सकडमा आएर आतंक मच्चाउने गरेका छन् । 
२०७५ साल फागुनमा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँबाट भागेको राँगोको आक्रमणबाट थानकोट चेकपोष्टमा एक जनाको ज्यान गएको थियो । 
प्रतिकात्मक तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *