फेसबुक लग इनमा समस्या

थानकोट ।
सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।
प्रयोगकर्ताले लगअन गर्न खोज्दा ‘ब्राउजरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको’ सन्देश आएको छ ।
फेसबुकमा गएको राती ११ बजेदेखि नै समस्या आएको थियो । धेरै प्रयोगकर्ताले विहान फेसबुक खोल्न सकेका थिएनन् ।
भर्खरै फेसबुकको समस्या समाधान भएर खुल्न थालेको छ । के समस्याले नखुल्ने भएको हो भन्ने कुरा फेसबुकको सञ्चालक कम्पनीले अहिलेसम्म केही खुलाएको छैन् ।