मोटरसाइकल चोरीमा संलग्न ३ जना युवा प्रहरीको नियन्त्रणमा

Thankot Times

थानकोट ।

मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका १  घर भई हाल काठमाडौँको जोरपाटी बस्ने १८ वर्षीय रवि कुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका ६ घर भई हाल काठमाडौँको नयाँबस्ती बस्ने १९ वर्षीय  मनिष थापा मगर र सिन्धुपाल्चोकको ईन्द्रवती  गाउँपालिका १ घर भई हाल काठमाडौँको  नयाँपाटी बस्ने २० वर्षीय विशाल तामाङलाई हिजो साँझको समयमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो  ।

वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा मंगलबार साँझ ५ बजे चौधरीलाई काठमाडौँको चाबहिल गंगाहिटीमा फेला पारी  सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी  गराउनसाथ तामाङलाई पनि काठमाडौँको जोरपाटी नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको छ । उक्त मोटरसाइकल काठमाडौँको  नरेफाँटबाट हराएको भनी नरेफाँट बस्ने सोनु कारकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका  थिए ।

नियन्त्रणमा आएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *