पूर्व मुख्यमन्त्री पाण्डेद्धारा चन्द्रागिरि नगर अस्पताल निरीक्षण

Thankot Times

थानकोट ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निरीक्षण गरेका छन् । 

सो क्रममा उनले अस्पतालको निर्माणाधीन नयाँ भवनको समेत अवलोकन गरेका थिए । २०८२ असार तेस्रो सातासम्म सम्पन्न गर्ने गरि हाल चन्द्रागिरि नगर प्राथमिक अस्पतालको थप भवन निर्माण भइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य पाण्डेलाई बन्न लागेको अस्पताल भवनको जानकारी गराएका थिए भने हाल सेवा प्रदान गरिरहेको अस्पतालका बारेमा जानकारी गराएका थिए । 

सो क्रममा चन्द्रागिरि नगरका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, नगरप्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडा १५ का वडाध्यक्ष घनश्याम लुईँटेल लगायतको उपस्थिति रहेको थियो । 

मूल्य अभिवृद्धि करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैंतीस पैसा लागतमा निर्माण सम्झाैता भएको १५ शैयाको अस्पताल भवन गत वर्ष माघ ३ गते नगरप्रमुख घनश्याम गिरीले शिलान्यास गरेका थिए ।

चन्द्रागिरि नगर अस्पताल भवनको निर्माण कार्य तिव्र, निर्धारित मितिभित्रै निर्माण भइसक्ने दाबी

तस्वीरः सुरेन्द्र श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *