च्याम्पियन्स ट्रफीः अफगानिस्तानले इङल्याण्डलाई दियो ३२६ रनको लक्ष्य, जद्रानले बनाए १७७ रन

Thankot Times

थानकोट ।

जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएपछि ब्रिटिश टोलीले सो लक्ष्य पाएको हो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक १७७ रन बनाएका थिए ।

जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका गरे ।

त्यस्तै, अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रनको योगदान दिएपछि अफगान टोलीले बलियो लक्ष्य पेश गरेको हो ।

इङल्याण्डका लागि बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिए ।

प्रतियोगितामा पहिलो जितको खोजीम रहेका दुवै टोली मध्ये यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

तस्वीरः गेटी इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *