महाशिवरात्रीका अवसरमा भालेश्वरमा विशेष आरती हुने, ४ बजेपछि केबलकारको टिकटमा ५०% छुट

Thankot Times

थानकोट ।

महाशिवरात्री पर्व आज शिवभक्तहरूले भक्तिभावका साथ भगवान शिवको आरधाना गरि मनाउँदैछन् ।

महाशिवरात्रीका अवसरमा शिवालयहरूमा श्रद्धालुहरूको धुइरो लागेको छ ।

महाशिवरात्रीका अवसरमा चन्द्रागिरि-४ थानकोट भालेश्वरस्थित महादेव मन्दिरमा समेत विशेष भक्ति उत्सव गरिँदैछ ।

शिवरात्रीका अवसरमा साँझ ५ बजेपछि मन्दिर प्राङ्गणमा विशेष आरती समेत आयोजना हुने बताइएको छ ।

यसैबीच महाशिवरात्रीका अवसरमा केबलकारको टिकटमा ५० प्रतिशत छुट हुने भएको छ ।

अपरान्ह ४ बजेपछि हुने केबलकारको टिकट खरिदमा ५० प्रतिशत छुट पाइने चन्द्रागिरि हिल्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *