जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिता: आज खेलाडी चयन गर्दै चन्द्रागिरि नगरपालिका

थानकोट ।
फागुन २० गतेबाट सुरु हुने काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिताका लागि चन्द्रागिरि नगरपालिकाले खेलाडी छनोट गर्दैछ ।
यही सोमबार एक सूचना जारी गर्दै नगरले प्रतियोगितामा सहभागिताका लागि आज (फागुन १४ गते) बुधबार खेलाडी चयन हुने बताएको थियो। जसअनुसार आज नैकापस्थित फुटबल मैदानमा खेलाडी छनोट कार्यक्रम राखिएको कार्यक्रम संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।
सो छनोटका लागि इच्छुक खेलाडीले चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेको प्रमाणका रुपमा नागरिकता प्रमाणपत्रको सक्कल वा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्ने जनाइएको छ । छनोट कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ ।