नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको हो ।

सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८ सय रुपैयाँ थियो ।

यस्तै मंगलबार चाँदीको मूल्यमा गिरावट देखिएको छ।

हिजो सोमबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *