प्रधानमन्त्री ओलीको गृह जिल्लामा प्रचण्डलाई केराको पातमा भात

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रले सुरु गरेको हुलाकी राजमार्गको अभियानमा सम्बोधनका लागि झापा पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले केराको पातमा भात खाएका छन् ।

प्रचण्डले झापाको केचनकवलमा शहीद परिवारको घरमा खाना खाएका हुन् ।

सोमबार बिहान शहीद सुनिल राजवंशीको भतिजा विश्नाथको घरमा प्रचण्डसहितका नेताहरूले केराको पातमा खाना खाएका थिए।

प्रचण्डसँगै खाना खानेमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसाललगायत थिए ।

उनले सोमबार बिहान नेपालकै होचो भूभाग केचनकवल पुगेर राष्ट्रिय झण्डा फहराएका थिए । प्रचण्डले दुई वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *