मन्त्रिपरिषद्को बैठक बस्दै

थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक भएपनि सरकारका नियमित कामकारबाही र केही नियुक्तिका विषयमा निर्णय हुनसक्ने बताइएको छ ।