नेपाल बैँकको ६५ औँ वार्षिक साधारण सभा चैत्र ६ मा

थानकोट ।
नेपाल बैँकले साधारण सभा बोलाएको छ ।
बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधबार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त दिन काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारण सभा बस्नेछ ।
यो वर्ष वाणिज्य बैँक मध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैँक नेपाल बैँक बनेको छ ।
२० वाणिज्य बैँकमध्ये अरू सबै बैँकले चालु आर्थिक वर्षमा साधारण सभा आह्वान गरिसकेका छन् ।
बैँकले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ ।
यस बैँकले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय यसअघि नै गरिसकेको छ ।