सुनको मूल्य उकालो लाग्ने क्रम यथावत्

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।

हिजो आइतबार तोलामा ३ सय रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार ५ सय रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको हो।

सोमबार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ८ सय रुपैयाँ कायम छ ।

सोमबार चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ।

हिजो आइतबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *