सुन जस्तो देखिने धातुसहित नागढुङ्गा नाकाबाट समातिए राकेश

थानकोट ।
सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमा सवार उनलाई उक्त धातुसहित प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।