अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकियो

थानकोट ।
काठमाडाैंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार २-२ गोलको बराबरीमा रोकिएका छन् ।
पहिलो हाफमा दुवै देशले समान २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन् ।
म्यानमारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।
नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ ।
त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ ।
अब फाइनल खेल बुधबार हुने छ ।
लेबनानले एक खेल जितेर तेस्रो हुदै बाहिरिएको छ भने किर्गिस्तानले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।