प्रकृति लम्सालले न्याय पाउनुपर्ने भन्दै थानकोटमा प्रदर्शन

Thankot Times

थानकोट ।

भारतको उडिसामा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र कीट विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहार र घटनाको सत्यतथ्य छानबिनका लागि थानकोटमा सांकेतिक विरोध र्याली निकालिएको छ।

शनिबार बिहान थानकोटबाट सुरु भएको विरोध र्याली चेकपोष्टचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीहरूले भारतमा मृत्यु भएकी विद्यार्थीले न्याय पाउनुपर्ने, विद्यार्थी एकता जिन्दावाद, अब चुप बस्दैनाै, नो मोर ह्यारेसमेन्ट, लगायतका नारा लगाएका थिए । 

थानकोटमा आयोजित विरोध र्यालीमा चन्द्रागिरि नगर क्षेत्रका युवायुवतीहरूको बाक्लो उपस्थिति रहेको र्यालीमा सहभागी सागर बानियाँले जानकारी दिए । उनीहरूले भोलिका दिनमा यस प्रकारका घटना दोहोरिन नदिन नेपाल सरकारले समेत चनाखो हुनुपर्ने माग गरेका थिए ।

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि देशभर विरोधका कार्यक्रम भइरहेका छन् ।प्रकृतिको निधन भएको घटनापछि विश्वविद्यालयबाट निष्काशितमध्ये विभिन्न नाका हुँदै सयाैं विद्यार्थी स्वदेश फर्किसकेका छन भने कतिपय फर्कने क्रममा छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *