जिसस काठमाडाैंले फागुन २० बाट उपत्यकाव्यापी पालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने

Thankot Times

थानकोट ।

उपत्यकाव्यापी पालिकास्तरीय फुटबल प्रतियोगिता फागुन २० गतेबाट शुरु हुने भएको छ । 

जिल्ला समन्वय समिति काठमाडौंले उपत्यकाव्यापी पालिकास्तरीय खुल्ला फुटबल र काठमाडाैं जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगिता आयोजना गर्नका लागि जिल्ला समन्वय समिति काठमाडौको संयोजनमा शनिबार काठमाडौं जिल्लाका स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरू तथा ललितपुर र भक्तपुरका जिसस प्रतिनिधिहरूको संयुक्त  बैठक सम्पन्न भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग, सहकार्य गर्ने सन्दर्भमा बैठकमा सहभागीहरूले प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए।

बैठकमा काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्ष भाईकृष्ण बलामी तथा प्रमुख विनोद उप्रेती, जिल्ला समन्वय समिति भक्तपुर र ललितपुरका  पदाधिकारीहरुलगायत खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए । 

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ । 

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *