प्रधानमन्त्री कपको तालिका सार्वजनिक, सबै खेल काठमाडौं बाहिर हुने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२५ को तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुनेछन् । प्रतियोगिताका खेलहरू भैरहवास्थित सिद्धार्थ रंगशाला, एक्ट्राटेक ओभल र दाङस्थित लमही क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ । तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोसी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एक्स्ट्राटेकमा वाग्मती प्रदेशले एपीएफको सामना गर्दा लमहीमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने छ ।

प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने क्यानले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीयसहित कुल १० टोलीले सहभागिता जनाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *