थानकोट-चित्लाङ सडकका लागि २५ करोड आवश्यक, चालु आवका लागि ५ करोड विनियोजन

Thankot Times

थानकोट ।

विभिन्न विपद् बाट क्षतिग्रस्त भएका सडक तथा पुल पुनर्निर्माणका लागि संघ सरकारले १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।

गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि आवश्यक बजेटको स्रोत सहमति गरेको हो ।

१३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो ।

सोही अनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो ।

सरकारले वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड बजेट सुनिश्चितता गरेको छ ।

यसमध्ये भकुण्डे-तेमाल-सिन्दुरेटार सडक पुनःनिर्माणका लागि ४५ करोड स्रोत सुनिश्चित भएको छ ।

यसैगरी किर्नेटार-जाफे सडकका लागि ४५ करोड र थानकोट-चन्द्रागिरि-चित्लाङ सडकका लागि २५ करोड बजेट परेको छ ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकका लागि कूल आवश्यक बजेट २५ करोड मध्ये चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *