साझा यातायातले ठक्कर दिँदा काठमाडाैंमा साइकलयात्रीको मृत्यु

Thankot Times

थानकोट ।

जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी छन् ।

ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यसैबीच आफु मातहतको यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिएको घटनामा साझा यातायतले विज्ञप्ती जारी गरेको छ । 

विज्ञप्ती पढाैंः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *