चन्द्रागिरिका भाइकृष्ण बलामी एकीकृत समाजवादी बागमती प्रदेश सदस्यमा सर्वसम्मत

Thankot Times

थानकोट ।

फागुन ३ देखि ५ सम्म जारी रहेको एकीकृत समाजवादीको प्रदेश अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको अध्यक्षमा दोलाखाका भीम प्रसाद दाहाल सर्वसम्मत चयन भएका छन् । कमिटीको उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ तथा सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । त्यस्तै उपसचिवमा नानीराम चौलागाईँ, निरु खरेल र दीपक धनुके चयन भएका छन् ।

सोही अधिवेशनबाट जिल्लागत आधारमा समावेशी कोटा समेत मिलाएर प्रदेश कमिटी सदस्यहरू समेत सर्वसम्मत चयन भएका छन् ।

जसअनुसार भूलोगको खुलातर्फ चन्द्रागिरिका भाइकृष्ण बलामी प्रदेश सदस्यमा निर्विरोध भएका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

बलामी काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्षका रुपमा कार्यरत छन् भने उनी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र काठमाडौं क्षेत्र नम्बर १० मा अध्यक्षको समेत जिम्मेवारीमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *