चन्द्रागिरि नगरमा कक्षा ८ को परीक्षा चैत्र ३ गतेबाट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूका लागि नगरस्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको तालिका सार्वजनिक भएको छ ।

नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा समितिको निर्णायानुसार चन्द्रागिरि नगरपालिकामा चैत्र ३ गते आइतबारबाट परीक्षा सञ्चालन हुनेछ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने परीक्षाको अन्तिम दिन चैत्र १० गते गणित विषयको परीक्षा हुने बताइएको छ ।

तोकिएको तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षाथीहरूलाई पुनः परीक्षाको व्यवस्था नहुने चन्द्रागिरि नगरपालिकाका शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *