सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः आयाेजक नेपाल एपीएफ स्कुल फाइनलमा

Thankot Times

थानकोट ।

घरेलुु टाेली नेपाल एपीएफ स्कुलकाे ए टीम कीर्तिपुरमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

साेमबार सम्पन्न प्रतियाेगिताकाे दाेश्राे सेमिफाइनलमा नेपाल पुलिस स्कुल, साँगाकाे चुनाैती ४-० ले पन्छाउँदै नेपाल एपीएफ स्कुल, कीर्तिपुरकाे ए टीम उपाधि नजिक पुगेको हाे ।

घरेलु टाेलीलाई उपाधि नजिक पुर्याउन विकास बोहोरा, तेन्जिङ्ग शेर्पा, दिपेश गुरुङ्ग र सागर खत्रीले समान १-१ गोल गरेका थिए ।
खेलमा एपीएफ स्कुलका सागर खत्री म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिताकाे उपाधिका लागि बिहीबार सैनिक आवासीय महाविद्यालय भक्तपुर र नेपाल एपीएफ स्कुलकाे ए टीमबीच खेल हुनेछ ।

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *